बारपाकका संक्रमितलाई हेलिकप्टरबाट काठमाण्डाैं लगियाे

पाेखरा न्यूज । गण्डकी प्रदेश सरकारको पहलमा मौसम प्रतिकुलताका वीच  बारपाक सुलिकोट -२ गोरखाका १ जना कोरोना संक्रमितलाई हेलिकप्टरबाट काठमाडौं लगिएकाे छ ।

त्यसैगरी दुईजना कोरोना संक्रमितहरूलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल गोरखामा थप उपचारका लागी रिफर गरिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार हिजोदेखि खटिएको बिशेषज्ञ चिकित्सक सहितको टोलीले कोरोनाको परीक्षणका साथै बिरामी भएका ब्यक्तिहरुको उपचार गरिरहेको जनाइएकाे छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button