डाक्टर बिना बिरामी उपचार गरेका तनहुँका औषधि पसल बन्द

पाेखरा न्यूज । डाक्टर बिना बिरामी राखेर उपचार गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकास्थित दुई औषधि पसल बन्द गराएको छ ।

मापदण्ड विपरित सेवा दिएपछि प्रशासन कार्यालयले दुई औषधि पसल बन्द गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार धर्मसेवा मेडिकल र फेमिली स्वास्थ्य क्लिनिक बन्द गराइएको छ ।

अनुगमनका क्रममा डाक्टर बिना बिरामी राखेर उपचार गरेको पाइएपछि ती मेडिकल बन्द गराइएको बरालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button