पाेखरामा अस्पतालकाे पार्किङबाट चाेरेकाे स्कुटरसहित एक युवा पक्राउ

पाेखरा न्यूज । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे हाताभित्र पार्किङ गरी राखेको स्कुटर चाेरी गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् ।

पर्वतकाे कुश्मा न.पा. १४ घर भई हाल  कास्कीकाे पोखरा – ८ आलुमाईलाचोक बस्ने २४ वर्षीय चन्द्र बहादुर सुनारलाई चाेरी भएकाे स्कुटरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।

रामघाटस्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको स्कुटर जेठ ८ गते बेलुकाकाे समयमा चाेरी भएकाे थियाे ।

वडा प्रहरी कार्यालय रामबजार पाेखराबाट खटिएकाे प्रहरी टाेलीले सुनारलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएकाे जनाएकाे छ ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button