अरुका तस्वीर र भिडियाे दुरुपयाेग गरेकाे अभियाेगमा बाग्लुङका रामेन्द्र पक्राउ

पाेखरा न्यूज । सामाजिक संजालहरुमा विभिन्न व्यक्तिका तस्वीर र भिडियाेहरु दुरुपयाेग गर्दै फाेटाेसप गरेर चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशन प्रशारण गरेकाे अभियाेगमा बाग्लुङ नगरपालिका ८ सिगानाका रामेन्द्र खड्का पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युराेका अनुसार ५२ वर्षीय खड्कालाई जेठ २८ गते पक्राउ गरिएकाे हाे । उनले सामाजिक संजालहरु फेसबुक, टिकटक, युट्युव लगायतमा विभिन्न व्यक्तिहरुका तस्वीर र भिडियाे दुरुपयाेग गर्दै प्रचलित कानुनले प्रकाशन र प्रशारण गर्न नहुने भनी राेक लगाएका सामग्रीहरु प्रकाशन गरेकाे प्रहरीकाे भनाइ छ ।

सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यबाट उनले त्यस्ता सामग्रीहरु प्रकाशन प्रशारण गरेकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङकाे सहयाेगमा ब्युराेबाट खटिएकाे टाेलीले उनलाई पक्राउ गरेकाे थियाे । जिल्ला अदालत काठमाण्डाै‌काे आदेशबाट सात दिनकाे म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button