खोला तर्ने क्रममा बगाएर युवक बेपत्ता

पाेखरा न्यूज । खाेला तर्ने क्रममा बगेर एक जना युवक गाेरखामा बेपत्ता भएका छन् । आज बिहान साढे सात बजे गाेरखा जिल्लाकाे आरुघाट गाँउपालिका २ स्थित ठाेटनरी खाेलाले बगाएर ३८ वर्षीय गाेबिन्द चाैधरी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बर्दिया घर भइ हाल आरुघाट बस्दै आएका उनी ट्रसकाे काम गर्थे । प्रहरी टोली र स्थानीयहरुले संयुक्त रुपमा खोजतलास कार्य गरि रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button