शेयर बजारमा तीन दिनमा ९.४ अरब डलर बराबरकाे सम्पत्ती गुम्याे गाैतमकाे

पोखरा न्यूज । एसियाका दोस्रा धनी व्यक्ति गौतम अडानीले तीन दिनमा करिब ९.४ अरब डलर (११२० हजार कराेड रुपैयाँ) बराबरको सम्पति गुमाउन परेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने व्यापारी अडानीका कम्पनीहरुका शेयरमा भारी गिरावट आएपछि ठूलो रकम गुमाउन परेको बताइएको छ ।

ब्लूमबर्ग बिलियनेयर इंडेक्सका अनुसार बुधबार मात्रै ४ अरब डलर घटेर उहाँको सम्पत्ती ६७.६ अरब डलर रहन पुगेको छ । शेयरमा आएको गिरावटसँगै उहाँ एसियाका दोस्रो धनीबाट तेस्रो स्थानमा पुग्नु भएको छ । चीनका व्यवसायी झोङ शानशान एसियाको दोस्रो स्थानमा पुग्नुभएको छ । भारतीय व्यवसायी मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्तिका रुपमा रहँदै आउनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button