क्रिस्टियानो रोनाल्डोका इन्स्टाग्राममा ३० करोड फलोवर्स

पोखरा न्यूज । पछिल्लो समय चर्चामा रहनु भएका पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सोसियल मिडिया इन्स्टाग्राममा सबैभन्दा धेरै फलोवर्स बटुलेर पुन समाचारहरुमा छाउनु भएको छ । रोनाल्डोका ३० करोड फलोवर्स पुगेका छन् । यति धेरै संख्यामा फलोवर्स हुने उहाँ विश्वको पहिलो व्यक्ति हुनुहुन्छ ।

उहाँले केही दिन पहिले युरोपियन च्याम्पियनसिपको पत्रकार सम्मेलनमा टेवलमा राखिएको कोकाकोलाका बोतल हटाएर पानी पिउन आग्रह गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि कोकाकोलाको शेयरमा ठूलो गिरावट आएर कम्पनीले नोक्सानी व्यहोर्न परेको बताइएको छ ।

३६ वर्षीय रोनाल्डोका प्रशंसक विश्वका सबै देशमा रहेका छन् । युरोकप २०२० मा आफ्नो देश पोर्चुगलका तर्फबाट प्रतिनिधित्व गर्नुभएको उहाँले धेरै किर्तिमान कायम गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button