चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी

पोखरा न्यूज ।  महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ ।

रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिनुभयो ।

रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो ।

विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिनुभयो ।

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो ।

सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउदै लगिने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button