त्रिकोणात्क क्रिकेट श्रृखंलाका लागि नेपाली टोलीकाे तयारी सुरु

पाेखरा न्यूज । स्कल्यान्ड, नामिविया र नेपालबीच हुने क्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किनु भएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गर्नुभएकाे हाे ।

स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृखंलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो । जुलाई अन्तिम सात हुने श्रृखंलमा सहभागी हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परिक्षण नेगेटिभ आएसँगै श्रृखंलाको तयारी सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पहिलो दिन यस अघि क्रिकेट संघले जारी गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यस गरे । पृथु बास्कोटा व्यक्तिगत कारण देखाएर बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताउनु भएकाे थियाे । कोरोना महामारी पछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकुल भएको छ । धेरै समय पछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरुसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नु पर्ने बताउनु भयाे ।

कप्तान ज्ञानेन्द्रले भने जस्तै स्पेनमा हुने एक दिवसीय श्रृखंलाका लागि मौसम प्रतिकुल भएको भन्दा प्रशिक्षक ह्वाटमोरले मौसम अनुसारको तयारी गर्नुे पर्ने औंल्याउनु भएकाे छ । प्रशिक्षक ह्वाटमोरले पहिलो पटक टोली सम्हाल्दा ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेशियासँगको श्रृखंलामा उपाधि हात पारेको थियो । स्पेनमा हुने श्रृखंला भिन्न संरचनाको हुने भएकोले फरक रणनीति अनुसार अभ्यास गर्नु पर्ने बताउनु भएकाे छ ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो । पछिल्लो समय आईसिसिले परिमार्जन गरेको विश्वकप सहभागिता नयाँ ढाँचा अनुसार नेपालको बलियो सम्भावन रहेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले दीर्घकालिन योजना बनाएर कार्यान्वयन गरे नेपालको माथि उक्लने सम्भावना रहेको जानकारी दिनुभयाे ।

स्कटल्यान्डमा तय भएको खेलहरु विशेषकारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ । आइसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग–२ प्रतियोगिताको शीर्र्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्ने मौका पाउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button