पर्वत समाज कतारद्वारा पूर्वअध्यक्ष पौडेलको बिदाइ

तिलु शर्मा पौडेल, दोहा कतार ।  पर्वत समाज कतारले पूर्वअध्यक्ष चिन्तामणि पौडेललाई बिदाइ गरेको छ । कतारको २ दशकको बसाई बिट मारेर नेपाल जान लाग्नुभएका पौडेललाई शुक्रवार एक कार्यक्रमका बिच बिदाइ गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा २ दशक कतारमा बिताएका पौडेल पर्वत समाजसँगै विभिन्न सङ्घ संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहनु भएको थियो । पौडेलले ब्यक्तिका सबै आवश्यकता पूरा हुन सम्भव नभए पनि जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्ट लिन सक्नु ठुलो कुरा रहेको भन्दै जन्मभूमिमा रहेर पनि पर्वत समाजले गर्ने हरेक गतिविधिमा आफ्नो साथ सहयोग रहने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष श्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष सन्तोष क्षत्री र सञ्चालन सचिव सेवक विकले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button