असोज पहिलो सातादेखि ए डिभिजन लिग हुने

पाेखरा न्यूज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button