स्विट्जरल्यान्ड क्वाटरफाइनलमा, फ्रान्स बाहिरियो

पाेखरा न्यूज ।  फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरोकप २०२० को  क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा घकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे भने  केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पे  चुकेसंगै फ्रान्स युरोकप २०२० को  क्वाटरफाइनलबाट बाहिरिएको छ ।

खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १-० गोलको अग्रता दिलाएका थिए ।  फ्रान्सका लागि करिम बेन्जिमाले ५७ औं र ५९औं मिनेटमा गोल गर्दै टिमलाइ २-१ को अग्रता दिलाए ।  त्यसपछि खेलको ७५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए ।

स्विट्जरल्यान्डका सेफोरोभिकले ८१ औं मिनेटमा गोल गर्दै  गोलअन्तर ३-२ को स्थितिमा झरे । खेलको अन्तिम मिनेटमा गार्भ्रानोभिकले स्विट्जरल्यान्डलाई बराबरीमा ल्याए । अतिरिक्त समय ३० मिने दुवै टिमले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा घकेलियो ।

सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button