हेटौँडा-काठमाडौँ सडक पहिरोले अवरुद्ध

पोखरा न्यूज । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै हेटौँडा-काठमाडौँ जाने सडक बिहीबारदेखि नै अवरुद्ध रहेको छ ।

भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण पहिरो हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उहाँले बताउनुभयो । कान्ति लोकपथअन्तर्गत पर्ने भिमफेदी–८ गगंटेमा पनि पहिरो जाँदा हिजोदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button