गण्डकी प्रदेश चेम्बर अफ कमर्समा किसान

पाेखरा न्यूज । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिबेशनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स जिल्ला नगर उपाध्यक्ष दिपक श्रेष्ठ , बागमती प्रदेश चेम्बरका अध्यक्ष सिद्दी लाल श्रेष्ठ , केन्द्रीय सदस्य भाइ चन्द्र श्रेष्ठ, नन्द कुमारी लम्साल, लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टन्क पोख्रेल, गण्डकी प्रदेशका सम्पुर्ण जिल्ला, महानगर, नगरपालिका, गाउँ पालिका, वडा चेम्बरका अध्यक्ष एवम प्रतिनिधिको उपस्थिति थियोे ।

प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उत्पादनमुखी कार्यक्रम संचालन गर्न कार्य योजना बनाउन, कृषि एम्बुलेन्स सेवाको पहल गर्न, सामुहिक ब्यबसाय अघि बढाउन अनुरोध गर्दै कृषि जडिबुटी र सुचना प्रबिधि क्षेत्रमा केन्द्रले बिशेष सहयोग गर्ने बताउनु भयो। खोप बिना आर्थिक गतिविधि सम्भावना नभएकोले सरकारलाई भेटेर खोपको प्रबन्धको लागि अनुरोध गर्ने बताउनु भएकाे थियाे ।

सो अवसरमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष सुनारले कोभिडद्वारा प्रभावित ब्यबसाय पुनर्स्थापनाको लागि सरोकारवाला निकायसँग समन्वय गर्ने, कोरोना विरुद्ध खोपको लागि नेपाल चेम्बरसँग सहकार्य गरि व्यावसायीलाई अबिलम्ब खोपको प्रबन्ध गर्न सरकारलाई दबाब दिने, गण्डकी प्रदेश सरकार, स्थानीय तहहरुमा चेम्बरको प्रतिनिधित्वको लागि पहल गर्ने तथा जिल्ला नगर गाउँ वडा चेम्बरका व्यावसायीहरुको क्षमता बिकास कार्यक्रम संचालन गर्ने लगायतका २३ बुदे भावी कार्यक्रम  प्रस्तुत गर्नु भएको थियोे ।

अधिवेशनबाट निर्वाचित सदस्यहरुको प्रथम बैठकले सर्वसम्मत पदाधिकारी  चयन गरेकाे छ ।  संस्थाकाे उपाध्यक्षमा श्री बहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा र सचिवमा विष्णु कुमार श्रेष्ठ चयन हुनुभएकाे छ भने कोषाध्यक्षमा तेजेन्द्र पौडेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा विजय हिराचन, भरत बहादुर रकाल, महेन्द्र मोहन भट्टराई, ज्ञानु अधिकारी, टीका गुरुङ, प्रकाश न्यौपाने, गंगा श्रेष्ठ, तारानाथ ढुङ्गाना, विष्णु कुमारी गुरुङ, युवराज खतिवडा र अरुण गिरी चयन हुनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button