गण्डकीका ५ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, थप सतर्कता अपनाउन अनुरोध

पाेखरा न्यूज ।  गण्डकी प्रदेशका स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्ति अनुसार ती जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

स्याङ्जाकाे कालिगण्डकीका २ पुरुष र गाेरखा बारपाक सुलिकाेटका ३ महिलामा नयाँ भेरियन्टसहितको  संक्रमण पुष्टि भएकाे हाे ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाैं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो  ।

कोरोनाको  नयाँ भेरिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button