कास्कीगण्डकीगोरखातनहुँनवलपुरबाग्लुङमुख्य खबरम्याग्दीलमजुङसमाचारस्याङ्जा

कास्कीका ९२ सहित गण्डकीमा थप २६८ मा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५० जना पुरुष तथा ४२ जना महिला गरी ९२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २६८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९२ सहित म्याग्दीका ३ जना, गाेरखाका ५५ जना, लमजुङका १८ जना, तनहुँका ३१ जना, बाग्लुङका ९ जना, स्याङ्जाका १ जना र नवलपुरका ५९ जना गरी प्रदेशका ८ जिल्लामा १३४ पुरुष तथा १३४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार १६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३६४ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २० पुगेको छ।

 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x