कास्कीमा साउन २० गतेसम्म निषेधाज्ञा: जोरबिजोर हट्यो, लामो दुरीको सवारी पनि चल्ने

पोखरा न्यूज ।  कास्कीमा साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।  कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरेको हो ।

असार ५ गते राति १२ बजेबाट लागु हुने गरी थप गरिएको निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली  हटाइएको छ भने  लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको शिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय  गरि  संचालन गर्न पाइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button