उपत्यकामा पनि बढ्यो सङ्क्रमण

पाेखरा न्यूज । काठमाडौँ उपत्यकामा पनि सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो । साउन ७ गते काठमाडाँैमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौँ जिल्लामा सङ्क्रमित दुई लाख १२ हजार १५२ तथा पाँच हजार ९१६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसगरी ललितपुरमा ३९ हजार ५९६ सङ्क्रमित र एक हजार ६१ सक्रिय सङ्क्रमित तथा भक्तपुरमा २३ हजार ४४२ सङ्क्रमित र ९३५ सक्रिय सङ्क्रमित रहेका छन् ।

निको हुने पनि स्थिर

सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button