कास्कीगण्डकीगोरखाबाग्लुङमुख्य खबर

कोरोनाबाट पोखरा र बाग्लुङमा उपचाररत थप ४ को मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको मिलिटरी अस्पताल, मणिपाल शिक्षण अस्पताल र धाैलागिरी अस्पताल बाग्लुङमा उपचाररत दुई पुरुष र दुई महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले आइतबार जानकारी दिएको छ ।

निर्देशनालायका अनुसार असार ११ गते कोरोना संक्रमण पुष्टि भई बाग्लुङकाे धाैलागिरी अस्पतालमा उपचाररत  बाग्लुङकाे जैमिनी गाउँपालिका ९ का ५२ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै साउन ७ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गाेखराकाे पालुङटार नगरपालिका ३ का ७० वर्षीय पुरुषको शनिबार निधन भएको हो ।

साउन १ गते कोरोना संक्रमण पुष्टि भई मणिपालमा उपचाररत कास्कीकाे पाेखरा महानगरपालिका ११ की ६३ वर्षीया महिलाकाे  आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

साउन १ गते  नै कोरोना संक्रमण पुष्टि भई मिलिटरी अस्पताल पोखरामा उपचाररत पाेखरा ३० की ५० वर्षीय महिलाको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५४ पुगेको छ ।

 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x