लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलद्वारा राजिनामा

पोखरा न्यूज । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजिनामा दिनु भएकाे छ । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिकाे छलफल अगाडि उहाँले राजिनामा दिनु भएकाे हाे ।  आज छलफल हुने कार्यक्रम तय गरिएकाे थियाे ।

त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा) का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उता सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य हुनुहुन्छ । अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो । यसअघि विपक्षी गठबन्धनले गत वैशाख ६ र वैशाख २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button