पोखरामा नागमूर्तिको अनावरणसहित विधिपूर्वक पूजा

पोखरा न्यूज। नागपञ्चमीका अवसरमा पोखरा–१७ म्युजियममार्गमा सामूहिकरूपमा नागको पूजा आराधना गरिएको छ । धार्मिक विधिपूर्वक नागथानमा पूजा गरेपछि मात्र घरका मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने प्रचलन छ ।

घरको मूलढोकामा नागको चित्र टाँस गरी पूजा गर्नाले प्राकृतिक प्रकोप नपर्ने, लक्ष्मीको बास हुने हुँदा रोग व्यादीले दुःख नदिने खेतीपाती राम्रो हुने जनविश्वासका साथ परम्परादेखि नागको पूजा गरिँदै आएको नागथान निर्माण समितिका अध्यक्ष चेतनदान शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो स्थानमा शिवलिङ्गसहित पाँच शिर भएका नागको मूर्ति निर्माण गरी पाँच दिनसम्म धार्मिक विधिपूर्वक पूजापाठ गरी प्राणप्रतिष्ठा गरिएको नाग मूर्तिको आज अनावरण गरिएको हो ।

नागथान निर्माण तथा नागमूर्ति स्थापनाका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिको स्वस्र्फूत सहयोगबाट रु तीन लाख ५४ हजार ४०४ सङ्कलन भएको जनाउँदै उहाँले उक्त निर्माणका लागि रु दुई लाख तीन हजार ११५ खर्च भएको स्पष्ट पार्नुभयो ।

नागथान निर्माणका लागि पाँच हजारभन्दा माथि आर्थिक सहयोग गर्ने सङ्घसंस्था र व्यक्ति गरी ३१ जना रहनुभएको छ । खर्च गरेर बाँकी रहेको रकमबाट नियमित नागको पूजा गर्नुका साथै सो स्थानको सरसफाइमा विशेष ध्यान दिइने छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button