कोरोनाबाट एक युवतीसहित पोखरामा उपचाररत थप ९ जनाको मृत्यु

चितवनकाे अस्पतालमा एकसहित गण्डकीमा थप १० जनाले ज्यान गुमाए

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण  पछिल्लो २४ घण्टामा पोखरामा  ९ जना सहित गण्डकी प्रदेशमा थप १० जनाको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ९ जना र  भरतपुर अस्पताल चितवनमा १ जना गरी १० जनाको कोरोनाबाट मृत्यु भएको हो ।

कास्कीकाे पोखरा २४ की ४१ वर्षीया महिलाकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई आइतबार संक्रमण पुष्टि भएको थियो ।

पोखरा २६ का ७० वर्षीय पुरुषकाे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा १६ का ६३ वर्षीया पुरुषकाे संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन २६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा १३ का ७७ वर्षीया पुरुषकाे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन १३ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँकाे घिरिङ १ का ८१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन २६ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाकाे गल्याङ ५ का ६३ वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । उहाँलाई साउन २ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाकाे पुतलीबजार २ का ७० वर्षीय पुरुषको चरक मेमाेरियल अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । उहाँलाई साउन २४ गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीकाे पोखरा ३३  की ५५ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । उहाँलाई साउन २१ गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीकाे पोखरा १६ का ६२ वर्षीय पुरुषकाे संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । उहाँलाई आइतबार नै संक्रमण पुष्टि भएको थियो ।

नवलपुरकाे कावासाेती १६ की ८७ वर्षीया महिलाकाे भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । उहाँलाई साउन २४ गते संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २०२ पुगेको निर्देशनालयले जनाएको छ ।

विवरण यस्तो छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button