पछिल्लाे २४ घण्टामा कास्कीसहितका जिल्लामा संक्रमण कति?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७५ जना पुरुष तथा ६९ जना महिला गरी १४४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३३४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४५६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १४४ सहित म्याग्दीका २३ जना, पर्वतका १६ जना, गाेरखाका ३६ जना, लमजुङका १ जना, तनहुँका २६ जना, बाग्लुङका ११८ जना, स्याङ्जाका ४० जना र नवलपुरका ५२ जना गरी प्रदेशका ९ जिल्लामा २३३ पुरुष तथा २२३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ३४३ पुगेको छ। पछिल्लो २४ घण्टामा ५७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७० हजार २३३ पुगेको छ ।

गण्डकीमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २१६ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button