कास्कीसहित गण्डकीमा मंगलबार कतिमा पुष्टि भयाे काेराेना संक्रमण ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५५ जना पुरुष तथा ५५  जना महिला गरी ११० जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३७४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११० सहित म्याग्दीका १० जना, पर्वतका २८ जना, गाेरखाका २७ जना, लमजुङका २० जना, तनहुँका ३४ जना, बाग्लुङका ७० जना, स्याङ्जाका ३४ जना र नवलपुरका ४१ जना गरी प्रदेशका ९ जिल्लामा १९१ पुरुष तथा १८३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ४००पुगेको छ। पछिल्लो २४ घण्टामा ६५४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार ८५९ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २४७ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button