कास्कीसहित गण्डकीमा शुक्रबार कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ८७ जना पुरुष तथा १०३ जना महिला गरी १९० जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३५० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९० सहित पर्वतका ७ जना, गाेरखाका २२ जना, लमजुङका ७ जना, तनहुँका ३५ जना, बाग्लुङका ५ जना, स्याङ्जाका २६ जना र नवलपुरका ५८ जना गरी प्रदेशका ८ जिल्लामा गरी १५७ पुरुष तथा १९३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८० हजार ५७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ५४५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ४४० पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २७४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button