पहिरो खस्दा डुम्रे-बेँसीशहर सडक अवरुद्ध

पोखरा न्यूज। केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ ।

तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा आज बिहान ९ः३५ बजे पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बाटो खुलाउनका लागि सडक विभागको स्काभेटर लमजुङबाट आउँदै गरेको र बाटो सञ्चालन हुन दुई-तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास–३ मादी पुल नजिकै खसेको पहिरो हटाएपछि राजमार्ग सञ्चालन भएको छ ।

केही दिनदेखि परेको वर्षाका कारण आज बिहान खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन गरिएको प्रहरीले जनाएको छ। सडकमाथिबाट खसेको पहिराले बाटो दुईतर्फी अवरुद्ध भएकामा स्काभेटरको प्रयोग गरी पहिरो सफा गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार सवारीको चापलाई मध्यनजर गरी एकतर्फी राजमार्ग सञ्चालन गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।

छाब्दीमा आएको बाढीले डाइभर्सन बगायो

व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।

गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराइएको थियो। केही दिनदेखि परेको वर्षापछि आएको बाढीले डाइभर्सन पनि बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ ।

उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ। दुवैतर्फ जीप निर्माण सम्पन्न भइसकेको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button