कास्कीमा ९३ सहित गण्डकीमा थप १८२ जनामा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४३ जना पुरुष तथा ५० जना महिला गरी ९३  जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९१६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९३ सहित म्याग्दीका ३ जना, पर्वतका १० जना,  लमजुङका ५ जना, तनहुँका ९ जना, बाग्लुङका १६ जना, स्याङ्जाका ३४ जना र नवलपुरका १२ जना गरी प्रदेशका ८ जिल्लामा ८९ पुरुष तथा ९३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ९९२ पुगेको छ। पछिल्लो २४ घण्टामा २६९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ५७९ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०१ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button