स्याङ्जाका पौडेल सुनजस्तो देखिने वस्तु लिन विमानस्थल जाँदा पक्राउ

पोखरा न्यूज । विदेशबाट ल्याएको सुन जस्तो देखिने पंहेलो रंगको धातु लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाैं पुगेका स्याङ्जाका एक जनासहित दुवईबाट सो वस्तु ल्याउने अर्का व्यक्ति पनि पक्राउ परेका छन् ।

विदेशबाट ल्याएको सुन जस्तो पंहेलो देखिने धातु लिन विमानस्थल पुगेका स्याङ्जाको पुतलीबजार १३ का भुपेन्द्र पौडेल पक्राउ परेका हुन् ।

बिहीबार दुवईबाट काठमाण्डौं आएका डोल्पा ठूलो भेरी ७ का बिष्णु बहादुर शाही पनि ती धातुका टुक्रासहित पक्राउ परेका छन् । शाहीले दिएकाे सूचनाका आधारमा स्याङ्जाका पाैडेल पनि पक्राउ परेकाे प्रहरीकाे भनाइ छ ।

सुन जस्तो देखिने पंहेलो रंगको ४ थान ७७० ग्राम धातुका टुक्रासहित शाही विमानस्थलमा पक्राउ परेको प्रहरीको भनाइ छ । उनले इमरजेन्सी लाइटभित्र ती धातुका टुक्राहरु लुकाएर ल्याएकाे भेटिएकाे थियाे ।

विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिए पछि प्रहरीले निगरानी गर्दै जाँदा आगमनतर्फको भन्सार क्षेत्रको एक्सरेमा चेकजाँचको क्रममा लाइट भित्र सुन जस्तो देखिने पंहेलो रंगको धातुको टुक्राहरु फेला परेका थिए ।

अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा भन्सार कार्यालय र विमानस्थल प्रहरीले शाहीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा सुन जस्तो देखिने धातु संकलनका लागि स्याङ्जाका पौडेल आएको भन्ने खुलाएकोले उनलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।

दुबैजनालाई आवश्यक अनुसन्धान र कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button