पहिरोले मुग्लिङ-काठमाडौं सडक अवरुद्ध

पोखरा न्यूज। चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित करिङटारमा पहिरो जाँदा पृथ्वी राजमार्गको मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । दिउँसो २ः१५ बजेको समयमा नाग्दी खोलामा पहिरो जाँदा दुई तर्फि नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

सडक सूचार गर्नका लागि अहिले जेसिवि घट्ना स्थल तर्फ लागेको प्रहरीले जानकारी दिएको छ । सडक सूचारु नभएसम्म आफ्ना सवारी साधनलाई सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसअघि विहान नारायणगढ–मुग्लिङ सडक खण्डको पाचँ किलोमा पहिरो गएको थियो । सो पहिरो पन्छाएर दुई तर्फि सडक दुई तर्फि सञ्चालन आएको केही घण्टा पछि फेरी अर्को ठाउँमा पहिरो गएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button