अविरल वर्षाका कारण उपत्यकाका ४०० घर डुवानमा, २५० को उद्धार

  • पोखरा न्यूज
  • २०७८ भाद्र २१
अविरल वर्षाका कारण उपत्यकाका ४०० घर डुवानमा, २५० को उद्धार

|फाइल तस्वीर : रमेश गिरी

पोखरा न्यूज ।  गए रातिबाट परेको अविरल वर्षाका कारण  उपत्यकाका विभिन्न स्थान डुवानमा परेका छन् ।

प्रहरीले डुवानमा परेको स्थानबाट साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् ।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिनुभयो । अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उद्धार भइरहेको उहाँले बताउनुभयो ।

वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस