कास्कीसहित गण्डकीमा साेमबार कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ७४ जना पुरुष तथा ८९ जना महिला गरी १६३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६३ सहित म्याग्दीका ९ जना, पर्वतका २ जना, गाेरखाका १ जना लमजुङका ५ जना, तनहुँका १७ जना, बाग्लुङका २ जना, स्याङ्जाका ३३ जना र नवलपुरका २० जना गरी प्रदेशका ९ जिल्लामा ११२ पुरुष तथा १४० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ६८१ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ५७ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३१५ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button