मंगलबार कास्कीसहित गण्डकीमा कतिमा पुष्टि भयाे काेराेना ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५३ जना पुरुष तथा ३७ जना महिला गरी ९० जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९४१  जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९०  सहित म्याग्दीका ९८ जना, पर्वतका २ जना, लमजुङका ८ जना, तनहुँका ११ जना, बाग्लुङका ७ जना, स्याङ्जाका १४ जना र नवलपुरका ८ जना गरी प्रदेशका ८ जिल्लामा ७८ पुरुष तथा ७० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ८२९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ३६१ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३१६ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button