कोभिड संक्रमण नजरअन्दाज गर्ने फ्रान्सेली स्वास्थ्यमन्त्री अदालतमा

पाेखरा न्यूज । आफू स्वास्थ्यमन्त्री हुँदा देशमा फैलिरहेको कोरोना महामारी नजरअन्दाज गर्ने फ्रान्सकी एक नेतृ अदालत उपस्थित हुनु भएकाे छ । पूर्वस्वास्थ्यमन्त्री एग्नेस बजयान कार्यक्षमतामा अयोग्यसम्बन्धी मुद्दामा अदालत उपस्थित हुनु भएकाे हाे । गत वर्षको जनवरीमा बजयानले देशमा कोरोना संक्रमणको दर नगण्य भएको बताउनु भएकाे थियाे ।

विवादास्पद अभिव्यक्तिपछि उहाँले पदबाट राजीनामा दिनु भएकाे थियाे। उहाँविरुद्ध अदालतमा अयोग्यतासम्बन्धी मुद्दा दायर भएको थियो । महामारी नियन्त्रणमा उचित कदम नचालेको उहाँमाथि आरोप लागेको छ । महामारी रोक्न आवश्यक कदम नचालेको भन्दै अदालतमा १४ हजार पाँच सय उजुरी परेको थियो । चिकित्सक, विभिन्न पेसाकर्मी, बन्दी र सर्वसाधारणले उजुरी दिनु भएकाे थियाे ।

फ्रान्समा कोभिडका कारण अहिलेसम्म एक लाख १६ हजारको मृत्यु भइसकेको छ । संक्रमण फैलिएपछि अहिलेसम्म ६९ लाख संक्रमित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button