चितवन, २९ भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार भइरहेको छ ।
प्राप्त विवरण अनुसार तीन जनाको पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा घाइतेको अवस्था यस्तो छ :-
१.झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल- हात र खुट्टामा चोट, सामान्य ।
२.मोरङ विराटनगर महानगरपालिका-३ का २१ वर्षाया पूजा रेग्मी- हात र खुट्टामा चोट (डिष्चार्ज)
३. विराटनगर महानगरपालिका-३ का २१ वर्षीय सरोज पोखरेल- हात र खुट्टामा चोट (डिष्चार्ज)
४.कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, शरीरमा चोट, सामान्य
५. कन्चनपुर भीमदत्त नगरपालिका-१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, सामान्य
६. जुम्लाको तिला गाउँपालिका-४ का २६ वर्षीय चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, सामान्य
७. जुम्लाको तिला गाउँपालिका-४ का ३३ वर्षीय टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर
८. बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका-४ का ४२ वर्षीय लालवीर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
९. रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
१०. बर्दिया बाँसगढी नगरपालिका-८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर
११. झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम
१२. कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम
१३. ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम
१४. सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का ४० वर्षीय रामबहादुर थापा, हात र खुट्टामा चोट, सामान्य
१५. हुप्सेकोट-३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु, खुट्टामा चोट, सामान्य
१६. हुप्सेकोट -३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर, टाउकोमा चोट, सामान्य
१७. पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली, छाती र पेटमा चोट, सामान्य
१८. कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर
१९. सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का ४२ वर्षीय मनकुमार थापा, ढाड र छातीमा चोट, मध्यम
२०. महोत्तरी बर्दिवास-७ का २३ वर्षीय रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution