समाचारसमाज

गैंडाकोट दुर्घटनामा तीन जनाको मृत्यु : पहिचान खुल्यो

चितवन, २९ भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढीका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।

मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताउनुभयो  । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उहाँको भनाई छ  ।

स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूकाे पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments
Back to top button
0
Would love your thoughts, please comment.x
()
x