नबिल ब्यालेन्स्ड फन्ड-३ को इकाइका लागि आवेदन दिने आज अन्तिम दिन

पाेखरा न्यूज । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले २५ भदौदेखि निष्कासन तथा बिक्री खुला गरेको नबिल ब्यालेन्स्ड फन्ड-३ को इकाइका लागि आवेदन दिने मंगलबार अन्तिम दिन हाे ।

फन्डमा न्यूनतम १०० देखि एक करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ । सर्वसाधारणलाई २५ भदाैदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरका १० करोड इकाइ बिक्री खुल्ला गरिएको थियो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेंटका अनुसार सोमबारसम्म फन्डको इकाइ खरिदका लागि मागभन्दा २५ प्रतिशत धेरै अर्थात् कुल एक लाख चार हजार ७७९ आवेदकबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाइ खरिदका लागि आवेदन परेको छ ।

निष्कासन गरिएको कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाइमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम एक करोड ४० लाख इकाइ सुरक्षित गरिएको छ । १ प्रतिशत अर्थात् १० लाख इकाइ योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई सुरक्षित गरिएको छ । बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने १० वर्ष अवधिको उक्त फन्डको इकाइमा लगानीकर्ताले मेरो सेयर, वेब तथा एप, धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । नबिल इन्भेष्टमेन्ट नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button