मनाङमा बलिउड फिल्म छायांकन हुने

पाेखरा न्यूज । मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ’उचाई’ को मनाङमा छायांकन गरिने भएको हो । चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकोप्टरबाट केही दिन अगाडि मनाङ पुग्नु भएकाे थियाे ।

मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताउनु भएकाे छ । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ । चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्ने व्यवसायीहरुको विश्वास छ ।

निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गर्नुभएकाे छ । टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गर्नुभएकाे छ ।

दुई दिनको अवलोकनपछि टोली बुधबार नै काठमाडौं फर्किएर सगरमाथा आधार शिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मसका अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिनुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button