पोखरामा एउटै रूखमा महिला कुकुरसहित मृत फेला

पोखरा न्युज । पोखरामा महानगरपालिका १७ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा वडा नं. २१ फुस्रेखोलाको किनारमा पाख्रीको रुखमा कुकुरसहित झुन्डिएको अवस्थामा गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई  पोखरा १७ बेलघारीमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

आइतबार राति ९ बजेसम्म पनि घर नआएकोमा आफन्त तथा परिवारजनले खोजतलास गर्ने क्रममा नभेटीएकि रानालाइ सोमबार बिहान  १० बजेको समयमा महिला र कुकुर झुण्डिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो  ।

बेलघारी स्थित छोरीको घरमा बस्दै आएकी रानाले घरमा पालेको सेतो रङको बेलौते कुकुरलाइ नाइलनको डोरीले झुण्डाएर सोही डोरीमा आफू झुण्डीएको देखिएको प्रहरीको भनाइ छ  ।

बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए । रानाले के कारणले आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनले २ वटा बाख्रा समेत पालेको र उक्त ठाउँमा बाख्रा चराउन गइरहने पनि खुलेको छ।

प्रहरीले घटनाको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button