काेराेनाका कारण पाेखरामा उपचाररत थप ६ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ६ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा १७ का ६८ वर्षीय पुरुषकाे आइतबार तथा पाेखरा १७ की ४५  वर्षीया महिला र रुपा ४ की ४५ वर्षीया महिलाकाे शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

स्याङ्जाकाे पुतलीबजार १० की ६८ वर्षीया महिलाकाे प्रतिष्ठानमा उपचारकाे क्रममा शुक्रबार मृत्यु भएकाे छ ।

पाेखरा ५ का ५१ वर्षीय पुरुषकाे शनिबार उपचारकाे क्रममा मणिपाल शिक्षण अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।

कास्कीकाे रुपा ५ का ६९ वर्षीय पुरुषकाे शनिबार उपचारकाे क्रममा संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३४६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button