कास्कीमा ६६ सहित गण्डकीमा ११२ जनामा संक्रमण पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २७ जना पुरुष तथा ३९ जना महिला गरी ६६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७७१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ६६ जनासहित गाेरखाका ८ जना, लमजुङका १ जना, तनहुँका ६ जना, बाग्लुङका ३ जना, स्याङ्जाका २२ जना र नवलपुरका ६ जना गरी प्रदेशका ७ जिल्लामा ४९ पुरुष तथा ६३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८१ हजार ९३५ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३४९ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button