पोखरामा महिलाको कान काटेर रिङ लुट्ने व्यक्ति पक्राउ

पोखरा न्यूज । पोखरामा कानमा लगाएको मुन्द्रा चोरी गरेर फरार रहेका एक पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिला मरियम गुरुङको कानको लोती काटी रिङ लुटेर भागेका धादिङ गंगा जमुना १  घर भइ पोखरा ३२ खुदीखोला बस्ने माचिन तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

सोमबार घाँस काट्न बारीमा गएकी गुरुङलाई  ढुंगाले हानेर बेहोस बनाई एक तोलाका रिङ लुट्ने तामाङ लुटेका २ वटा रिङसहित तल्लो गगनगौंडबाट पक्राउ परेको प्रहरीले जनाएको छ  ।

पक्राउ परेका तामांगलाई डाँका सम्बन्धि मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button