पोखरा आउदै गरेको कार नदीमा खस्यो, ३ जना बेपत्ता

पोखरा न्यूज । पोखरा तर्फ आउँदै गरेको कार त्रिशुली नदीमा  खस्दा  तीनजना बेपत्ता भएका छन् । दुर्घटनामा  एक जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग २च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गबाट झण्डै ३५ मिटर तल नदीमा कार  खस्दा चालकसहित तीन जना बेपत्ता भएको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  बिहीबार राति ११ः४५ बजे  भएको घटनामा पोखरा महानगरपालिका–१७ का ६० वर्षीय प्रेमबहादुर भुजेल,  ५५ वर्षीय लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल कारसहित बेपत्ता भएका छन् ।

कार दुर्घटनामा परी पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनुभएको छ । उहाँको  भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button