पोखरा राइनोजले बलियो दाबेदारी प्रस्तुत गर्ने

पाेखरा न्यूज । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको यो संस्करणमा आफूहरुले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ । राइनोजद्वारा बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर दिपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दावी गर्नुभयो । ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखिनै ध्यान पुर्याएका छौं, टिममा अलराउण्डर खेलाडीको बर्चश्व छ’–उहाँले भन्नुभयो ।

‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपी राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु’–टिम वनर समेत रहनुभएकी अग्रवालले बताउनुभयो । उहाँले राइनोजले सुन्दर शहर पोखरालाई छातीमा टाँसेर मैदान उत्रन लागेको बताउँदै पोखरेलीहरुको साथ र माया पाउने अपेक्षा रहेको बताउनुभयो ।

जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जस अन्तरगत उसले विगतको प्रस्तुतीलाई अध्यन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन बिनोद भण्डारी, बलिङ्ग कोच शक्ति गौचन, फिल्डीङ्ग कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताउनुभयो ।

राईनोजले नेपाली मार्की खेलाडी राष्ट्रिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसक्नुभएकाे छ । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेश हुनुहुन्छ। पत्रकार सम्मेलनमा बिदेशी खेलाडीहरुले राईनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको बताउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button