कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

काेराेना संक्रमणः कास्कीमा १२४ सहित गण्डकीमा १९२ मा पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६५ जना पुरुष तथा ५९ जना महिला गरी १२४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १२४ जनासहित म्याग्दीका ७  जना, पर्वतका २  जना, गाेरखाका ३१ जना, लमजुङका १० जना, तनहुँका ३ जना, स्याङ्जाका १३ जना र नवलपुरका २ जना गरी प्रदेशका ८ जिल्लामा १०२ पुरुष तथा ९० जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार २३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २६२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३५७ पुगेको छ।

 

 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x