‘भनसुन गरेर मिलिहाल्छ भनेर व्यापारी सुध्रिएनन्, ठगी गरे कानुनले छोड्दैन’

पाेखरा न्यूज । नापतौल विभागले उद्योगीको उत्पादनमा उपभोक्ताको विश्वास कायम हुनुपर्नेमा जोड दिएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगलाई जवाफदेही बनाउने र गुणस्तरीय उत्पादनमा जोड दिइरहेको बताउनु भएकाे छ । ‘यद्यपि कानुनका कारणले पनि प्रभावकारी जान सकेका छैनौ । प्रत्येक वर्ष ४०/५० मुद्दा अदालतमा परिरहेको छ । अनुमति नलिएकोमा पनि चर्को जरिवाना छ । ऐनमा परिमार्जनको खाँचो छ,’ बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियामा उहाँले भन्नुभएकाे छ ।

पुडासैनीले खुद नापतौलमासमेत समस्या रहेको बताउनु भयाे । ‘दहीमा नै विकृति छ । दही केजीमा बेच्नुहुन्छ । व्यापारी सुध्रिनु भएको छैन । दही लिटरमा बेच्ने हो, केजीमा कहाँबाट आयोर यस्ता विकृति छन्,’ उहाँले भन्नुभयाे, ‘ढक र काटा नापतौल ठिक हुनुपर्छ । प्रमाणित ढक काटा प्रयोग गरेकोहो कि हैन उपभोक्ता पनि सचेत हुनुपर्छ ।’

व्यापारीले व्यवसाय सञ्चालनको सबै मापदण्ड पालना गर्नुपर्नेमा त्यस्तो अवस्था नरहेको उहाँको भनाइ थियो । ‘व्यापारी भनसुन गरेर मिलिहाल्ला भनेर सुध्रिएका छैनन् । कानुनले कही छोड्दैन । व्यापार गर्दा कुनकुन कानुन आकर्षित हुन्छ भनेर हेर्नुपर्छ,’ उहाँले भन्नुभयाे ।

उद्योगीको उत्पादनमा विश्वास कायम होस् भनेर विभाग लागिरहेको उहाँको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button