
पोखरा न्यूज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ ।
नेता नेपालको निजी सचिवालयका अनुसार उहाँलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
उहाँको स्वास्थ्य सामान्य रहेको र केही दिनको आरामसहित उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको बताइएको छ ।
नेता नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न छ ।
स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँगको भेटघाट बन्द गरिएको पनि सचिवालयले जानकारी दिएको छ ।





