पोखरा न्यूज । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुन् लागेको ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ मा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो ।
आयोजकका अनुसार उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिनेछ । लोक, पप, आधुनिक र यस सम्बन्धित श्रव्य दृश्य गरी ३१ विधाका कलाकारलाई अवार्ड वितरण गरिनेछ ।
यसका साथै लाइफ टाइम एचिभमेन्ट अवार्ड, ज्येष्ठ कलाकार सम्मान र रंग पत्रकार सम्मान कार्यक्रम समेत गरिने आयोजकको भनाई छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेसम रचक रहनुभएको छ ।
अवार्ड वितरण कार्यक्रम आगामी कार्तिक ५ गते दिउँसो ३ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा गर्ने तय भएको आयोजकले जनाएको छ ।
यो वर्ष पहिलो अवार्ड भएको हुँदा केही वर्ष अगाडिका गीत समेतले नोमिनेशसन फाराम भर्न सक्ने व्यवस्था गरिएको भए पनि अर्को वर्षबाट भने एक वर्ष भित्रका गीतले मात्र सहभागिता जनाउन पाउने गरेर अवार्ड वितरण गरिने आयोजक पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले बताउनुभयो ।
‘नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील प्रतिभालाई थप ऊर्जाशील बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएका हो’ गौतमले सुनाउनुभयो ।
यसपालि चलचित्र विधालाई समेट्न नसके पनि अर्को वर्ष थप्दै जाने गौतमले बताउनुभयो । ‘१५ दिनको समय राखेर विभिन्न विधामा आवेदन गर्न लगाएका थियौ, अवार्ड कार्यक्रमले पोखराको गरिमा बढ्छ, अर्को वर्षबाट विधा थप्दै लैजान्छौ’ गौतमले भन्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्ने गरी आफूहरूले कार्य गर्ने बताउनुभयो । ‘कोरोनाले थलिएको विषम परिस्थितिमा पनि अवार्ड कार्यक्रम गर्ने आट गर्नु सुन्दर पक्ष हो, यसले कलाकारलाई ऊर्जा थप्नेछ’ श्रापितले बताउनुभयो ।
यसै गरी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका सचिव जीवन दाहालले अवार्ड कार्यक्रम आयोजना हुनु राम्रो भएको बताउनुभयो । ‘अवार्ड कार्यक्रम आयोजना हुनु राम्रो कुरा हो, हाम्रो साथ सहयोग रहन्छ’ उहाँले भन्नुभयो । अवार्ड कार्यक्रम सम्पन्न गर्न ६ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
पहिलो पटक आयोजना गर्न लोगको हुँदा केही कमीकमजोरी हुन सक्ने भए पनि सबैको सुझावको आधारमा अवार्ड कार्यक्रमलाई परिष्कृत गर्दै लैजाने आयोजकको भनाई छ । कलाकारहरूलाई थप ऊर्जाशील बन्न टेवा पु¥याउने उद्देश्य अवार्डको रहेको आयोजकको प्रस्टोक्ति थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution