गर्भपतनको माग गर्दै अमेरिकाका ५० राज्यमा महिलाको प्रदर्शन

पाेखरा न्यूज । गर्भपतन अधिकारको माग गर्दै अमेरिकाका ५० ओटै राज्यका महिलाले विशाल प्रदर्शन गरेका छन् । गर्भपनलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै देशभर एकै दिन महिलाहरुले प्रदर्शन गरेका हुन् ।

टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनमा कडाइ गरेको विरोधमा अमेरिकी महिला सडकमा उत्रिएका हुन् । हालै मात्र टेक्सास सरकारले ६ साताको गर्भ फाल्न प्रतिवन्ध लगाउने प्रावधान ल्याएको थियो । गत महिनादेखि लागू भएको नयाँ प्रावधानका कारण अन्य राज्यका महिला पनि क्रुद्ध छन् ।

वासिंगटन डिसीमा सर्वोच्च अदालतअगाडि भेला भएका प्रदर्शनकारीले ‘माइ बडी, माई चोइस’ अर्थात ‘मेरो शरिर, मेरो छनौंट’ भन्ने नारा लगाएका थिए । प्रदर्शनकारीले ‘तिम्रो गर्भाशयको ध्यान देऊ’, ‘गर्भपतन गर्नेलाई म रुचाँउछु’, ‘गर्भपतन व्यक्तिगत छनौट हो, यो कुनै बहस होइन’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

कोहीले सांकेतिक रूपमा ‘१९७३’ लेखिएको टिसर्ट लगाएका थिए । सन् १९७३ मा अमेरिकाको सर्वोच्च अदालतलले गर्भपनलाई कानुनी मान्यता दिएको थियो ।

सर्वोच्च अदालतले आगामी महिना सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ ।

गर्भपतनलाई प्रतिवन्ध लगाउने व्यवस्थाले महिलाको अधिकार खोसिएको प्रदर्शनकारी महिलाले आरोप लगाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button