पोखरामा ४ केजी गाँजासहित तनहुँका युवक पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पोखराको पृथ्वीचोकमा सवारीसाधन चेक जाँच गर्ने क्रममा ४ किलो ११० ग्राम गाँजासहित तनहुँ बन्दीपुर -२ का २० वर्षीय विजय गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

गुरुङलाई जिल्ला अदालतबाट पक्राउ अनुमति लिई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button