यी ४ प्रदेशमा आज भारी वर्षा हुने, पहाडी भेगमा हिमपात

पोखरा न्यूज । देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी प्रदेशका केही स्थानसहित  प्रदेश १, बागमती र  बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।

आज बुधबार गण्डकी प्रदेशसँगै प्रदेश १ र प्रदेश २ र बागमतीमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button